arrow

शुक्रवार ५९ जना कोरोना संकमित थपिए, पुगे ५१६

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
corona-nepal-health.jpg

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या बढेर ५१६ पुगेको छ। शुक्रवार मात्रै ५९ जना संक्रमित थपिएका छन्। 

दिनमा ३ पटक अद्यावधिक गरिदा कोरोना संक्रमितको संख्या ५९ थपिएको हो। राती थपिएका ९ संक्रमितमध्ये ६ जना सिम्रौनगढ नगरपालिका बाराका पुरुष छन्। उनीहरुको स्वाब परिक्षण कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको थियो। 

सप्तरीको वलान विहुल गाउँपालिकाका १ पुरुष पनि कोरोना संक्रमित देखिएका छन्। हेटौडा उपमहानगरपालिका एक महिला र भक्तपुरकी एक महिलामा पनि कोरोना संक्रमण देखिएको सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

यसअघी विहान ३० जनादिउँसो २० जना नयाँ कोरोना संक्रमित थपिएका थिए।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ