arrow

नेपालमा कोरोना संक्रमित ५४८ पुगे, शनिबार बिहान ३२ थपिए

सर्लाहीका १३ तथा कपिलवस्तु र रुपन्देहीका ८–८ थपिए

logo
प्रकाशित २०७७ जेठ १० शनिबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ । शनिबार बिहान ३२ जना नयाँ संक्रमित थपिएका छन् । 

संक्रमित थपिने ३२ मध्ये ३० पुरुष र २ महिला हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८ः४० बजे गरेको अद्यावधिक अनुसार कपिलबस्तु बाडगंगा नगरपालिकाका ८ जना जसमा ७ पुरुष र एक महिला रहेका छन् । त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुषहरु रहेका छन् । 

त्यस्तै बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला रहेकी छिन् । काठमाडौंका ३५ वर्षीय पुरुष पनि संक्रमित भएका छन् । 

त्यस्तै रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ पुरुषहरु संक्रमित भेटिएका छन् । त्यस्तै चितवन भरतपुर महानगरपालिका ६ का ५२ पुरुष पनि संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ