arrow

पत्रकारको कोरोना बिमा

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
Untitled-135.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर  जिल्लाका ११९ पत्रकारको कोभिड पत्रकार बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितका महासचिव श्रीजन झाको पहल एवम्  मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो ।  
   
उपत्यका  प्रदेश समितका महासचिव  झाका अनुसार आफ्नो प्रदेश अन्तर्गतका जिल्ला आवद्ध  क्रियाशील पत्रकारको बीमाका लागि मिसन मिडिया क्लबले ११९ जनाको बीमा शुल्क तिर्न सबै आर्थिक सहयोग गरेको जानकारी दिँदै बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको जानकारी दिए ।

उक्त बीमानुसार कुनै पत्रकार कोभिड १९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासचिव झाले  बताए । 

यसअघि कोभिड संक्रमणको बढ्दो जोखिमसंगै मिसन मिडिया क्लवका अध्यक्ष समेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका थिए । 
 
मुलतः  जोखिमको  यस विषम अवस्थामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन क्लबसंग  सहकार्य गरिएको जानकारी दिँदै संस्थागत रुपमा  क्लवको तर्फबाट पत्रकारको बीमा गराउने अवसर महासंघ उपत्यका प्रदेशले क्लबलाई अवसर प्रदान गरेकोमा क्लब आफैमा गौरवान्वित भएको क्लवका कोषाध्यक्ष रिना महर्जनले बताइन् । 

त्यस्तै दोस्रो चरणमा थप २५१  जनाको  पनि  कोभिड पत्रकार बीमाको आवश्यक तयारी लगभग पूरा भइसकेको  क्लबले जनाउँदै नामावली संकलनको आव्हानको गर्ने तयारी भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ