arrow

पूर्व युवराज पारस शाह दुर्घटनामा, घटना गुपचुप

logo
हरि पन्त, 
प्रकाशित २०७७ जेठ ११ आइतबार
paras-himani.jpeg

पोखरा । पूर्व युवराज पारस शाह पोखरामा दुर्घटनामा परेका छन् । शुक्रबार राति २ बजे उनी सवार बा १४ च २१३१ नम्बरको कार पोखराको पृथ्वीचोकमा दुर्घटनामा परेको हो । तर यो घटना प्रहरीले गुपचुप राखेको छ । 

लामो समयदेखि पोखरामा रहेका पारसलाई शुक्रबार राति स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल लैजाँदै गर्दा पृथ्वीचोकमा उनी सवार कारले गोरुलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गोरु घटनास्थलमै मरेको थियो ।   

पारस मुटु रोगी हुन् । उनले थाइल्याण्डमा गएर उपचार गरेपछि पुनर्जीवन पाएका थिए । गाडी दुर्घटनामा परे पनि पारससहित उक्त गाडीमा रहेका सबै सकुशल रहेको बताइएको छ । 

गोरु मरे पनि गाडीमा सवार सबै सकुशल रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पारस उपचारपछि शनिबार नै निवास फर्किएका छन् । 

उनले कुन अस्पतालमा स्वास्थ्य जाँच गराएका हुन् भन्ने विषय खुलेको छैन । पारस सवार कार चालक अशोक गुरुङ भने प्रहरी नियन्त्रणमा छन् । 

वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालले दुर्घटनामा चालक जिम्मेवार हुने र सवार यात्रु घाइते नभएका कारण त्यसतर्फ चासो नदिएको बताए । 

चालक गुरुङको स्वास्थ्य रिपोर्टमा मापसे नदेखिएको उनले बताए । दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी ढकालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ