arrow

डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद हुँदा झडप, कैदीबन्दीको नाराबाजी

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
karagar.png

काठमाडौं । काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आइतबार बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताए । 
 
प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ ।  

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो । 

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ