arrow

सर्वोच्चकी प्रथम महिला न्यायाधीश ‘शिलु’को निधन, समवेदना प्रकट

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
supreme-court-news.jpeg

काठमाडौं । सर्वोच्च अदालतको आइतबार बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश  सुशीला सिंह ‘शिलु’ को आत्माको चिरशान्तिको कामना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आकस्मिक बैठकले पूर्वन्यायाधीश सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । 

काठमाडौँ जिल्लाको सोह्रखुट्टेमा १९९६ साल फागुन २२ गते जन्मएकी सिंह २०५८ वैशाख ६ गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भएकी थिइन् भने २०५९ साल पुस १५ गते स्थायी न्यायाधीशमा नियुक्त भई २०६२ साल फागुन २२ गते उमेर हदका कारण अवकाश लिएकी थिइन् । 

बैठकले पूर्वन्यायाधीश सिंहको शुक्रबार भएको असामयिक निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ ।  सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा रहँदा उनले न्यायालयको श्रीवृद्धिका लागि योगदान अतुलनीय रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 विशेषगरी देवानी र फौज्दारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने उनी एक निर्भीक, मिलनसार, मृदुभाषी, न्यायको मर्मज्ञ, कानूनको क्षेत्रमा अनुभवी न्यायिक व्यक्तिका रुपमा रहेकी थिइन् । उनको शनिबार अन्तिम संस्कार गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ