arrow

पाँच जनामा कोरोना, १८ संक्रमितको उपचार बेलझुण्डीमा

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
corona-test-nepalgunj.gif

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार कोरोना परीक्षणमा पाँच जनाको पोजेटिभ देखिएको छ ।  बर्दियाका एक  र बाँकेका चार जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिजमा जनाइएको छ । 

सोमबार फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा  राप्तीसोनारी गाउँपालकिाका १६,  २३, २३ र २४ वर्षीय छन् ।   यसैबीच  दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ ।     

पछिल्लो समय आइतबार  प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना देखिएका बर्दिया बढैयातालका १९ वर्षीय एक पुरुषलाई आइसोलेशनमा राखिएको छ । अस्पतालमा अन्यमा बाँके नरैनापुरका आठ, कपिलवस्तुका छ  र दाङका तीन जनाको उपचार भइरहेको छ । संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालका प्रमुख  डा सर्वेश शर्माले जानकारी दिए ।  स्वाब परीक्षणमा कोरोना देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको अस्पतालको भनाइ छ । बेलझुण्डी कोरोना अस्पतालमा एक सय शय्या तयारी अवस्थामा राखिएको छ ।

भित्रिए तीन हजार
हालसम्म दाङमा मात्रै तीन हजार ३२६ नागरिक सम्बन्धित स्थानीय तहमा भित्रिएको तथ्याङ्क छ । बन्दाबन्दीमा  भारत र अन्य मुलुकबाट घोराही उपमहानगरपालिका भित्रिने ६७५ पुगिसकेको उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिए । उनले सोमबार थप दुई सय नागरिक विभिन्न नाका हुँदै आउन लागेको बताए ।

 जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा धेरै नागरिक राप्ती गाउँपालिकामा भित्रिएका छन्  । आठ सय नागरिक भारत तथा अन्य मुलुकबाट आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । हालसम्म तुलसीपुर उपमहानगरपालिका १३४ तथा  गाउँपालिकामध्ये बंगलाचुली गाउँपालिकामा ५५०, बबईमा ४७७, दंगीशरणमा ३३ , शान्तिनगरमा ८५ , राजपुरमा २२ र गढवामा २५० जना आएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ