arrow

गोकर्णेश्वरका युवकमा कोरोना,सात घर सिल

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
Bhaktapur-Seala.jpg

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ ।
 
ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । संक्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो ।

 परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए । 

नगरपालिकामा यो दोस्रो संक्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । पहिलो संक्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए । 
 
नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ