arrow

कोरोना परिक्षणका २ मेशिन संचालनमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ १२ सोमबार
mechine.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईको सरकारले खरिद गरेका २ वटा मेशिन संचालनमा आएको छ। सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर लाई प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सो ल्यावको निरिक्षण पश्चात् उदघाट गरेर संचालन गरेका छन।

संचालनमा आएको उक्त मेशिनले एकलटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन लटसम्म जाँच हुनेछ। जनकपुरको मेशिन संचालन भए लगतै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेको छ। राजविराजको पनि १/२ दिनमै संचालनमा आउने मन्त्री साहले बताए ।

 निरिक्षणमा मन्त्री साहसंगै मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरे, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, स्वास्थ आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादव लगाायतका सहभागीता थियो ।

मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्न पुर्व निर्देशक डा. राजकुमार महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र पनि हस्तान्तरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ