arrow

सोमबार एकै पटक थपिए ७२ संक्रमित, कहाँ कति ?

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौं । सोमबार एकै पटक ७२ जना कोरोना संक्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा उक्त सङ्ख्यामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड–१९ को संक्रमितको सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । 

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशाला, प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो । 

उनका अनुसार धनुषा नगराइकन नगरपालिका वडा नं ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४, ५ र ६ क १९, २० र २३ वर्षीय पुरुष रहेका छन् । यसैगरी काठमाडाँै टोखा नगरपालिका वडा नं ३  र ६ तथा र बूढानीलकण्ठ नगरपालिका वडा नंं ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेका छन् । 

यसैगरी बारा कलैया नगरपालिका वडा नं १ का २५ र ३२ वर्षीय पुरुष तथा बारा गढीमाई गाउँपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् । 

उनका अनुसार संक्रमितमा रौतहट राजपुर फरहदवा वडा नं. २, ६ र ८ तथा इशानाथ वडा नं २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५,३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र  ५३ पुरुष रहेका छन् । 

सप्तरी डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष, बर्दिया बाँसगढी वडा नं ९ का २५ वर्षीय पुरुष, बाँके डुडुवा गाउँपालिका– २ र राप्तीसोनारी गाउँपालिका– ७ का १६, २३, २३ र २४ वर्षका पुरुष रहेका छन् । दैलेख नारायण नगरपालिका ढुङ्गेधरका २५ वर्षीया महिला र गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुष रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ