arrow

हङकङबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरको बिप्रेषण सेवा शुरु

पहिलो हप्तामा निशुल्क रकम पठाउने ब्यवस्था

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
city-express-kme.jpg

काठमाडौं। हङकङको ख्यातिप्राप्त केएमइ रेमिटेन्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भइ कारोबार शुरु भएको छ। अव हङकङमा रहेका नेपालीहरुले केएमइ रेमिटेन्सका शाखाहरु प्रयोग गरी सिटी एक्सप्रेस मार्फत आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने बताइएको छ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमइ रेमिटेन्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका छन्।

आज एक औपचारिक समारोहका बीच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरु समेत गरिएको छ। साथै नेपाल बिप्रेषण पठाउदा एक हप्ता को लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ