arrow

माछापुच्छ्रे बैंकको अनलाइन बैकिङ सेवा अपग्रेड

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
MBL-Logo.jpg

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै एमबिएल अनलाईन बैंकिङ्ग सेवालाई अपग्रेड गर्दै सुबिधा थपेको छ। अब “नो लाइन बैंकिङ्ग” भन्ने नाराका साथ बैंकले कोभिड-१९ महामारीको समयमा बैंकिङ्ग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिङ्ग सेवालाई अपग्रेड गरी सुबिधा थपेको हो। यससँगै बैंकका व्यावसायिक तथा ब्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैंकिङ्ग सेवा थप सरल र सुरक्षित तवरले उपयोग गर्न सहयोग गर्ने जनाइएको छ।

व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याईएको सेवा अन्तर्गतको कर्पोरेट बैंकिङ्गले व्यावसायिक तथा कर्पोरेट हाउसहरुलाई बैंक सम्म नपुगी सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोवार गर्न सक्नेछन्। विशेषत यस सेवा मार्फत अन्तर बैक रकमान्तर, कनेक्ट आइपिएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको जनाइएको छ। त्यस्तै गरी यस सेवा मार्फत व्यावसायिक तथा कर्पोरेट हाउसहरुले आफै तलव ब्यबस्थापन गर्न सक्ने छन्।

बैंकको अनलाईन बैंकिङ्ग मार्फत ब्यक्तिगत ग्राहकहरुले पनि बिभिन्न बैंकिङ्ग कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेयमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ। त्यसै गरी बारम्बार तिर्नु पर्ने रकमलाई सेडुल गरी तिर्न सकिने छ। यस सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवा मार्फत खोल्न सक्ने बैंकले बताएको छ। बैंकको अनलाईन बैंकिङ्गको परिष्कृत भर्सन थप सुविधाहरुका साथ थप सरल र थप सुरक्षित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ