arrow

स्वास्थ्य मन्त्री ढकालकै क्षेत्रमा अलपत्र अवस्थामा औषधि उद्योग 

logo
विवेक मिश्र,
प्रकाशित २०७७ जेठ १२ सोमबार
Suwarna-pharmacheuticals.jpg

बेलबारी। कोरोना भाइरसका कारण लकडाउन हुदाँ जनताले औषधि पाउन सास्ती भोगिरहनु परेको छ । तर मोरङमा भने २० वर्ष अघी भारतीय सरकारी औषधि कम्पनी (एनटीसी)को ३४ करोड र सुवर्ण फर्मासिटिकल र विपि स्वास्थ विज्ञान प्रतिष्ठान को ११ करोड गरी कुल ४५ करोडको लगानीमा निर्माण भएको सुवर्ण फर्मासिटिकल औषधि कारखाना एक जनाको भरमा  अलपत्र छाडिएको छ ।

मोरङको सुन्दरहरैंचा ११ स्थीत कर्जुनामा २० वर्ष अघि निर्माण भएको सुवर्ण फर्मासिटिकल औषधि कारखाना संचालन हुन नस्कदा करोडौका भौतिक संरचनाहरु लागुऔषध दुव्र्यसनीको अखडाको रुपमा परिणत बन्दै गएको छ । पाँच विगाहा क्षेत्रफलमा ३ वटा ब्लकमा फैलिएको यो औषधि कारखानामा २ सय ५० भन्दा बढि कोठाहरु रहेका छन् । उक्त औषधि कारखाना संचालनमा नआउँदा संरचनाहरु दिनदिनै जिर्ण समेत बन्दै गइरहेका छन् । उक्त कारखानाको २०५५ सालमा नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालले  सिलान्यास गरेका हुन् ।

गत माघमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काठमाण्डौमा बसेको सिनेट बैठकले अर्को बैठकमा तत्काल त्यस (औषधी कारखाना)को सम्पुर्ण कार्ययोजना ल्याएर त्यसको खर्च कती लाग्छ भनेर तयार गर्ने निर्णय गर्‍यो, कोरोना माहामारीको कारणले अर्को बैठक बस्न सकेको छैन तर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भिसिलाई कार्ययोजनाको विषयमा निर्देशन दिईसकेको हुनाले उक्त सुवर्ण फर्मासिटिकल संचालनमा आउने कुरामा सबै नागरीक ढुक्क रहन प्रदेश साँसद राजकुमार ओझाले बताए ।

मोरङको ३ नम्बर क्षेत्र बाट बिजयी बनेका भानुभक्त ढकाल हाल स्वास्थ्य मन्त्री रहेका छन् तर त्यहि क्षेत्रभित्र रहेको औषधि कारखाना संचालनमा मन्त्रीज्यूले चासो नदेखाएको प्रति दुखि रहेको स्थानीय होमनाथ पोख्रेल बताउँछन् ।

चुनावको समयमा सबै राजनैतिक दलले पुर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र सुवर्ण फर्मासिटिकल औषधि कारखाना कर्जुनालाई पहिलो प्रथमिकतामा राखेर आफ्नो घोषणा पत्र बनाए तर त्यो घोषणा पत्रमै सिमित भएको देख्दा जनता निरास भएको स्थानीय पोख्रेल बताउछन् ।

निर्माण कार्य सम्पन्न भएपछि निर्माणको ठेक्का लिएको तुण्डी कन्ट्रक्सनलाइ सरोकार वाल निकायले रकम दिन सकेन र पुरा रकम नदिएपछि उक्त कम्पनिले अदालतमा मुद्धा हालेर मोटो रकम असुलेपछि सुवर्ण फर्मासिटिकल र विपि स्वास्थ विज्ञान प्रतिष्ठानको बिबाद बढ्दै जाँदा २० बर्ष देखी भवन अलपत्र बनेको स्थानिय अगुवा उद्धव सापकोटाले बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ