arrow

एक्लिँदै गएको चीन भारतसंग रिसायो, ताइवानलाई सहयोग नगर्न चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ १३ मंगलबार
china-politics.jpg

काठमडौं । चीन पछिल्लो समय विश्वबाट एक्लिँदै गएको छ । कोरोना भाइरसको उद्गम चीनको वुहान हुनु, आफ्नो देशमा कोरोना नियन्त्रण गर्नु, तर अन्य देशहरुमा नियन्त्रणका लागि नसघाउनु, पटक पटक विश्व स्वास्थ्य संगठनलाई आफ्नो प्रभावमा पार्नु र डब्लुएचओले पनि वुहानको कोरोनाबारे राम्रोसंग विश्वलाई सम्प्रेषण गर्न नसक्नुले पनि चीनको गतिविधि शंकास्पद छ । 

आफू निरन्तर एक्लिरहँदा चीनले पाएसम्म अन्य देशहरुलाई पनि पेल्ने नीति लिएको छ । त्यही नीति चीनले भारतमाथि अपनाउन खोजेको छ । 

भारतलाई चीनले ताइवानलाई सहयोग नगर्न चुनौती दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) शासनले भारतलाई ताइवानी सरकारलाई गरेको खुल्ला समर्थनप्रति आक्रोश व्यक्त गरेको हो । 

ताइवानको प्रजातान्त्रिक तवरले निर्वाचित सरकारमा भारतको सुस्पष्ट समर्थन देखेर सीसीपी सरकार भारतसंग चिँढिएको हो । उसले भारतलाई यस्तो कार्यबाट टाढा रहन आग्रह गरेको छ।

गएको बुधबार भारतको सत्तारुढ दल बीजेपीका दुई सांसद मीनाक्षी लेखी र राहुल कास्वान ताइवानकी राष्ट्रपति त्सई इंग(वेनको शपथ ग्रहण समारोहमा भर्चुअल्ली उपस्थित भएका थिए । भने 

साथै उनलाई बधाई समेत पठाएका थिए । इङ–वेनले दोस्रो कार्यकालको लागि शपथ ग्रहण गरेकी थिइन् । 

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानहरु ठप्प भएकाले सबैजसो विदेशीले भर्चुअल्ली सहभागीता जनाएका थिए । 

जसमा अमेरिकी विदेश मन्त्री माइक पोम्पीओ सहित ४१ देशमा ९२ लब्धप्रतिष्ठित व्यक्तिहरुले सहभागीता जनाएका थिए । त्यसमा भारतबाट दुई जना थिए । 

भारतले आधिकारिक रुपले सरकारबाट प्रतिनिधिको सहभागीता नभए पनि सत्तारुढ दलका दुई सांसद सहभागी थिए । 

तर चीनलाई उनीहरुको सहभागीताले समेत छटपटि लाग्यो भारतलाई चेतावनी दियो । 

भारतका लागि चिनियाँ राजदूतावासका दिल्ली कन्सुलर लिउ बिङले ताइवानको उक्त समारोहमा जनाएको सहभागीता प्रति आपत्ति जनाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ