arrow

बिरगञ्ज महानगरपालिकालाई उद्योग वाणिज्य संघ पर्साले दिएन हल  

महानगरलाई सरावगी ट्रेडर्स बनाएको आरोप

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
birgunj-mahanagr-letter.gif

पर्सा। उद्योग वाणिज्य संघ पर्साले बिरगञ्ज महागरपालिकालाई वैठकका लागि सभा हल दिन इन्कार गरेको छ। महानगरपालिकाले संघसँग सोध्दै नसोधी आफ्नो हलमा वैठकस्थल तोकेपछि संघले वैठक गर्न नसकिने जानकारी महानगरलाई गराएको छ। 

संघले आफ्नो हलमा वैठक गर्न दिन इन्कार गरेपछि महानगरले फेरि सबै कार्यपालिका सदस्यहरुलाई फोन र एसएमएस गरि वैठकस्थल सरेको जानकारी दिएको छ। महानगरले दोस्रो पटक खबर गरि बफ्नै नगरसभागृहमा वैठक बस्न लागेको खबर गरेको हो।

महानगरका मेयरले उद्योगी व्यवसायीहरुलाई कोरोना संकटसँग लड्न सहयोगको माग गर्दै संघलाई पत्र लेखेका छन्। एकातिर संघलाई पत्र काटिनु अर्कोतिर फेरि संघमै वैठक बोलाउने मेयरको प्रस्तावको उद्योगी व्यवसायीहरुबीचमा निकै चर्चा पनि भएको छ। व्यवसायीहरुलाई चिठि लेखेर पैसा माग्ने अहिले आएर त्यही बैठक बस्ने पनि कसरी हुन्छ एक व्यवसायीले बताए।

मेयर विजय सरावगी संलग्न रहेकै पार्टी जनता समाजवादीका नेता तथा पूर्व मेयर प्रदिप सुवेदीले कोरोनाको नाममा मेयर फेरि चन्दा अभियानमा लागेको आरोप लगाएका छन्। सरावगीले पटकपटक चन्दा उठाएको विगत सम्झाउँदै सुवेदीले भने, “ महानगरपालिकामा अर्बौको बजेट छ तर किन फेरि संकटमा रहेकै व्यवसायीहरुसँगै चन्दा उठाउन खोजिएको हो मैले बुझ्न सकिन।" 

“महानगरमा राहत वितरणमा अनियमितता भएको आरोप छ। विभिन्न संघ संस्थाहरुले महिना दिनसम्म खुवाईरहेका छन्।“ सुवेदीले अगाडी भने, “महानगररले केमा खर्च गर्‍यो र फेरि चन्दा उठाउन खोजेको। हिजो रामदेव आएको बेलादेखि उठाएको चन्दाको हिसावकिताव अझै प्रष्ट पारेको छैन। नत पैसा उठाएर गरिएको खर्च पारदर्शी छ।" 

वडा वडाको विकास बजेट अहिले रोकेर वा रकमान्तर गरेर पनि जनतलाई राहत दिन सकिने हुँदाहुँदै फेरि चन्दा उठाउन पत्र पठाएर आतंकित गर्न नहुने सुझाव सुवेदीको छ। उनले सेवा भाव भन्दा पनि नगरपालिकामा लुट्ने मात्र नियत देखिएको बताए। 

बिरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ताले महानगरपालिकालाई सरावगी ट्रेडर्स बनाएको आरोप लगाए। व्यक्ति केन्द्रीत र सत्ता केन्द्रीत कार्य गर्दै निर्वाचित जनप्रतिनिधीहरुलाई पनि वाइपास गरिएपछि उनीहरु समेत रुष्ट भएका छन्। निर्वाचित जनप्रतिनिधिहरुलाई समेत थाहा नदिइ उनीहरुकै वडामा समेत नेकपाका नेताहरुलाई राहत वितरण गर्न सरावगीले विरगञ्ज महानगरको स्रोत दुरुपयोग गरेको आरोप छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ