arrow

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने 

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
ifc-country-director.jpg

काठमाडौं। विश्व बैंक अन्तर्गतको आइएफसीले कोभिडबाट सिथिल नेपाली नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्धारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बङ्लादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन्।

हालको कोभिडको कठिन परिस्थितिमा नेपालका नीजि क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा नीजि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी छिन्। काभिडको शुरुवातबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रहीरहने बताएकी छिन्। उनको भनाइमा आइएफसीले अन्तर्राष्ट्र्यि स्तरमा नीजि क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ।

नेपालमा नीजि क्षेत्रको इक्विटि लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने जनाएकी छिन्। आइएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ। यसबाट तीन सय संघ संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ।

नेपालमा नीजि क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ। यस वर्ष लगायत साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जनाएकी छिन्।

कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। यस वर्षको अन्तिम सम्म आइएफसीको नेपालमा लगानी ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन्। सन् २०२३ सम्ममा आइएफसीले नेपालका नीजि क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ