arrow

तीन कोरोना संक्रमित भएसंगै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
covid-test-positive-corona.jpg

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।  

जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टाइन र  छलाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए ।  अधिकांश स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेपछि आकस्मिकबाहेकका अस्पतालका सेवा बन्द भएका छन् । 

जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामी र स्वास्थकर्मीको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । स्वाब  रिपोर्ट आएपछि मात्र अस्पतालको अन्य सेवा पुनःसञ्चालन हुने अस्पतालका मेसु पाण्डेले बताए।  

जिल्लाका गुलरिया नगरपालिकाका चार तथा बाँसगढी नगरपालिका, राजापुर नगरपालिका  र  बढैयाताल गाँउपालिकाका एकएक  गरी सात जनामा कोरोना भाइरस पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ