arrow

दलित यूवाहरुको नरसंहारको छानविन समितिलाई निष्पक्ष काम गर्न विवेकशिलको खबरदारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १४ बुधबार
bibekshil4.jpg

काठमाडौं। पश्चिम रुकुममा एक जना दलित युवा नवराज विश्वकर्मा र उनका दुई जना साथीहरूको अमानवीय एवं नृशंस हत्या भएको घटनाप्रति विवेकशील नेपाली दल निन्दा गरेको छ।

सोही घटनामा जोडिएका भेरी नगरपालिका–४ का १८ वर्षे सञ्जु विक, १७ वर्षे गोविन्द शाही र १८ वर्षे लोकेन्द्र सुनार अझै बेपत्ता छन्। विवेकशील नेपाली दलले विज्ञप्ती निकाली  बेपत्ताको खोजी कार्य द्रुत गतिमा जारी राख्दै सो घटनाको निष्पक्ष छानबिन र कसूरवार ठहरिएमा दोषीहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ।

कानुनी रूपमा नेपालमा जातीय आधारमा छुवाछुतलाई मुलुकी ऐन, २०२० ले दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको छ भने संविधानको धारा २४ ले छुवाछुत तथा भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ। त्यसको कार्यान्वयन गर्न संसद्ले कानुनको निर्माण पनि गरेको छ।

संवैधानिक र कानुनी रूपमा यति बलियो हुँदा हुँदै पनि जातको आधारमा भई गरी आएका व्यवहार र घटनाहरूले निरन्तरता पाउनु संविधान र कानुनको उपहासका साथै मानव जीवन कै लागि दुखद घटनाक्रम रहेको विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईले जारी गरेको वित्तप्तीमा उल्लेख छ।

समाचार श्रोतहरूले सत्तारुढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको उल्लेख गरिरहेको विषयलाई दलले गम्भीर रूपमा लिएको विज्ञप्तीमा उल्लेख छ। गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न बनाएको पाँच सदस्यीय छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस भनी विवेकशील नेपाली दलले खबरदारी समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ