arrow

एक्कासी आएको हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु, तीन घाइते 

हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल तरकारी नष्ट, थुप्रै रुख र विद्युतका पोल ढले 

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
rain2.jpg

हेटौंडा । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ । 

हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ । 

त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ ।

मंगलबार देशभर हावाहुरी 
मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशैभर हावाहुरी आएको जनाएको छ । वर्षा पनि भएको छ । 

काठमाडौं उपत्यकामा पनि हावाहुरी र कालो मडारिँदा दिउँसै कोठामा बत्ती बाल्नु परेको थियो । रातिसम्म पनि मेघगर्जन भइरहेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ