arrow

दलित युवकहरुको नृशंस हत्याको बिरुद्धमा बोल्यो साझाले

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
rabindra_mishra.jpg

काठमाडौं। रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध भएको साझा पार्टीले जनाएको छ।

पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एक विज्ञप्ती सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक भएमो बताएका छन्।

"घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेकाे त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ" मिश्रको विज्ञप्तीमा भनिएको छ। 

पछिल्लो यो लगायत मुलुकका अन्य क्षेत्रमा पनि बारम्बार भइरहने दलितविरुद्धको भेदभावले नेपालको संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि गाउँ-गाउँसम्म आफ्नो प्रभुत्व र प्रभाव रहेका राजनीतिक दलहरू र समाजका अगुवाहरूले जातीय भेदभावको मध्ययुगीन पाशविक कृत्यलाई हटाउन नसकेको स्पष्ट संकेत गरेको साझाले जनाएको छ। 

साझाले दोषीमाथि कडाभन्दा कडा सजायँको स्पष्ट व्यवस्था गरियाेस् र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गरोस् भनी माग समेत गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ