कोरोना : मृत्यु भएकी २० वर्षीया महिलाको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति : २०७७ जेठ १४ बुधबार

काठमाडौं । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।   

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टाइनमा केही दिन राखिएको थियो । क्वारेन्टाइनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । 

उनका अनुसार ती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शव परीक्षणपछि उनका श्रीमान्लाई जिम्मा लगाइएको छ ।

नयाँ