arrow

कांग्रेस केन्द्रीय समितिको वैठक तत्काल बोलाउन गगन थापाले गरे माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १४ बुधबार
gagan20.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन्। नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गरेका हुन्। 

पार्टी सभापति शेरबहादुर देउवालाई बैठक बोलाउन ढिला गर्न नहुनेतर्फ नेता थापाले ध्यानाकर्षण गराएका हुन्। उनले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोलि नै बैठक बोलाउनु पर्नेमा जोड दिएका छन्। 

सामाजिक सञ्जालहरुमा उनले लेखेका छन्, “परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौं।"

कांग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन्। 

सांसद थापाले भारतले हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदले संकल्प गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधि सभाको बैठकमा आज संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला उनले काँग्रेसलाई तत्काल औपचारिक निर्णय गर्न भनेका हुन् ।

भारतीय पक्षबाट विभिन्न पार्टीका नेताहरुलाई नक्सा पारित नगर्न दवाव आएको चर्चा व्यापक भइरहेका बेला त्यसबाट प्रभावित नहुन नेता थापाले नेताहरुलाई झक्झक्याउदै आएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ