arrow

चौरजहारी घटनाः डोरीले बाँधिएको अवस्थामा भेटियो लोकेन्द्र सुनारको शब

३ जना अझै वेपत्ता

logo
प्रवीर ददेल
प्रकाशित २०७७ जेठ १४ बुधबार
rukum-dalit-youth-death.gif

रुकुम । चौरजहारी घटनामा बेपत्ता भएका थप एकजनाको शब डोरीले बाँधिएको अवस्थामा भेटिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ता भएका तीन जनामध्ये थप एक जनाको शव बुधबार भेरी नदिमा भेटिएको हो । 

बेपत्ता भएका लाकेन्द्र सुनारको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेरी नदिमा भेटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

चौरजहारी नगरपालिका वडा नं. ८ कि एक किशोरीसंगको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेको संलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो । 

जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर र रुकुमको चौरजहारी नगरपालिका–८ का २० टीकाराम सुनारको यस अघिनै भेरी नदी किनारमा शव भेटिएको थियो ।

जेठ १० गते भएको कुटपिटमा ३ जनाको शव भेरी नदी किनारमा फेला परेको र जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सन्दीप बिक बेपत्ता पारिएको थियो ।

लोकेन्द्र सुनारको शव डोरीले बाँधेर भेरी नदीमा बगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

मृतक नवराजकी प्रेमिका चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भित्र्याउन शनिबार १९ युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । घेराबन्दीमा पारेर गाउँ नै उर्लेर आक्रमण गरेको घटनाबाट बाँचेर आएका युवाले बताए ।

उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेर हत्या गरेको बताएका छन् । भेटिएका तीन शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको, एक जनाको हातमा घरेलु हतियारको चोट, बुधबार दिउँसो भेटिएका एक युवाको हातखुट्टा डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा भेटिएको स्थानीयले जनाएका छन् ।

घटनाका विषयमा प्रतिनिधी सभा, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रिय मानवअधिकार आयोग, राजनीतिक अगुवा, अधिकारबादी संघ संस्थाहरुले चको विरोध गरेका छन् । घटनाको निस्पक्ष छानविनको माग गर्दै देशव्यापी रुपमा अधिकारबादीहरुले चर्को विरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ