arrow

देउवाले भने, 'कांग्रेसको बारेमा भ्रममा नपर्नुस, संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक '

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १४ बुधबार
deuba-parliament1.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका छन्।

सामाजिक संजाल टुइटरमा संक्षिप्त धारणा राख्दै सभापति देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको कार्यसूची कांग्रेसको कारणबाट हटेको भनाइको खण्डन समेत गरेका छन्। 

देउवाले भनेका छन्, " हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् l अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ l यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !"

सत्तारुढ दलका नेता कार्यकर्ताको एकोहोरो आक्रमण जारी रहेपछि सभापति देउवा राती पोने एघार वजे आफ्नो धारणा राख्न आएका हुन्। यो भनाईसँगै कांग्रेसमाथि लगाइएको आरोपको खण्डन समेत भएको छ। 

यसअघी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले अलग अलग विज्ञप्ती निकाली संविधान ससोधनको प्रस्ताव कार्यसूचीबाट हटाउने कार्यको निन्दा गरेका थिए। 

संसदमा सभामुख नेकपाबाट निर्वाचित अग्नि सापकोटा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ