arrow

१३ औं गणतन्त्र दिवस मनाइँदै, उपलब्धि छिन्नभिन्न, भ्रष्टलाई भ्रष्टाचार गर्ने लाइसेन्स ?

कोरोना कहरबीच गृह मन्त्रालयको आफ्नै ताल, दीपावली गरेर गणतन्त्र दिवस बनाउन अनुरोध

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
janaaandolan.jpg

काठमाडौं । बिहीबार देशले १३ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहँदा मुलुकमा लकडाउन रहेको अवस्थामा यसलाई भब्यपूर्वक टुडिखेलमा औपचारिक कार्यक्रम नगरी यो दिवस मनाउन लागिएको हो । 

लोकतन्त्र दिवस मनाइरहँदा यसका उपलब्धिहरु भने छिन्नभिन्न भएका छन् । 

२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट यसै दिन संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । 

२०६२–०६३ सालमा भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो । २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिए । २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो । 

यद्यपि पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन ।  दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ ।

संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

१२ वर्ष गए खेर, गणतन्त्रका नाममा बढ्यो भ्रष्टाचार 
बिहीबार जेठ १५ देखि  गणतन्त्र १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । गणतन्त्रको अवसर लिनेहरु कति भए होलान् । 

तर १२ वर्षमा खोलोले पनि रुप फेर्छ भन्छन् । देश र जनताले समृद्धिको रुप फेर्न पाएनन् । 

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा सोचे अनुसारको प्रगति हुन सकेन । 

राजनीतिक व्यवस्था र प्रणालीमा परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुको सोच र शैलीमा परिवर्तन नआउँदा समस्या चिर्दै समाधान दिनसक्ने क्षमता देखिएन ।

१२ वर्षमा भ्रष्टाचार बढेको छ । नीतिगत भ्रष्टाचार, नैतिक भ्रष्टाचार आदिआदि । 

मानसिक रुपले नेताहरुले जनताको भावनामाथि भ्रष्टाचार गरेका छन् । 

करिब दुई तिहाई बहुमत भएर पनि सत्तारुढ दल नेकपाले २७ महिना खेर फालेको छ । 

स्पष्ट बहुमतले सारा विकास र समृद्धिका काम गर्न सकिन्छ भन्ने दावी गर्दै आएको कम्युनिष्ट सरकारले यो समयमा सबैभन्दा बढी भ्रष्टाचार गरेको छ । 

त्यसको फेहरिस्त वाइडबडी विमान खरिददेखि यति ग्रुपसम्मको भ्रष्टाचार रहेको छ । 

कम्युनिष्ट सरकारले यतिसम्म गर्यो कि कोरोना भाइरसको संक्रमण रोक्न खरिद गरिएका स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको भाषणमै भनिदिए ओम्नी ग्रुपलाई म चिन्दिन । नेकपाकै स्वास्थ्यमन्त्रीले त्यही ग्रुपलाई ठेक्का दिएर सामग्री मगाएका थिए । 

त्यसअघि पूर्व संचारमन्त्री गोकुल बाँस्कोटा ७० करोड कमिशन काण्डमा सरकार छाड्न वाध्य भएका थिए । 

उनी भएका भए अबौंका कमिशनका खेलहरु हुने दावी भइरहेका छन् । ओलीका विश्वासपात्र बाँस्कोटाले सरकार छाडे पनि ओलीको निजी निवास बालकोट छाडेका छैनन् । 

सत्ताछिनाझप्टीले आपसमा लड्ने नेकपाबीच शक्तिकै संघर्ष भएको छ । देश भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको छ । सत्तामा भएकाहरुलाई प्रभावमा पारेर राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउने वर्गको हालिमुहाली झन् मौलाएको छ ।

जनतामा निराशा बढ्दै गएको छ । 

कोरोना कहरबीच गृह मन्त्रालयको आफ्नै ताल
गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । 

मन्त्रालयले  बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । 

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ । 

कोरोनाका कारण मुलुक ६६ दिनदेखि लकडाउनमा रहेको छ । अहिले लाखौं मानिसलाई खानपिनकै समस्या रहेको छ । 

सरकारले सहज रुपमा खानपिनको व्यवस्था गर्न सकेको छैन । स्वास्थ्यको ख्याल हुन सकेको छैन । कोरोना परीक्षण सहज हुन सकेको छैन । 

क्वारेन्टाइनका नाममा विद्यालयका बेन्चमा बस्न वाध्य भएका छन् । यसलाई सहज पार्नुको सट्टा सरकारले दीपावली गर भन्छ भने त्यो केबल मुख्र्याइँमात्र भएको भन्दै सामाजिक संजालहरुमा आलोचना पनि भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ