नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु हुँदैन – वरिष्ठ नेता पौडेल
प्रकाशित २०७७ जेठ १५ बिहिबार
692
Shares
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक संकटमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक रहेको पुष्टि कोरोना भाइरस संक्रमणका बेलामा स्थानीय सरकारले देखाएको भूमिकाले देखाएको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै भनेका छन् ‘संघीय गणतन्त्र देशलाई परि आउँदा कत्तिको उपयोगी रहेछ भन्ने कुरा कोरोना महामारीको महाविपत्तिमा हाम्रा स्थानीय तहहरुले देखाएको कार्य क्रियाशिलताले प्रमाणित गरेको छ ।’
उनले नेपाली नेपाली जनताको सात दशक लामो सर्घषले नेपालमा राजनीति व्यवस्थाको टुंगो लगाएको बताउँदै अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुनेमा जोड दिएका छन् ।
उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नु पने बताएका छन् ।