arrow

२३ वर्षीय युवकको रिपोर्ट नेगेटिभ

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
corona-test-kit.jpg

बागलुङ ।  कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा उपचाररत बागलुङ नगरपालिका–१३ का २३ वर्षीया युवकको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छ ।

मङ्गलबार भारतबाट आएका उनलाई उच्च ज्वरो र जीउ दुख्ने समस्या भएपछि सोही दिन साँझ आइसोलेसनमा भर्ना गरिएको थियो । कोरोना आशङ्कामा स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

बुधबार साँझ गरिएको जाँचमा कोरोना नलागेको पुष्टि भएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए । नेगेटिभ रिपोर्ट आएसँगै उनलाई बागलुङ नगरपालिका–१ स्थित क्वारेन्टाइनमा पठाइएको छ ।

युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो पनि हटेको अस्पतालले जनाएको छ । भारतबाट आएको हुनाले १४ दिन क्वारेन्टाइनमा राखेर उनलाई घर पठाइने भएको छ । उनको पाँच दिनपछि पुनः कोरोना जाँच गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ