arrow

कोरोना : भुल्केका तीन महिलासहित चारजना फर्किए घर

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
udayapur-jamati-corona.gif

विराटनगर । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का संक्रमित निको भई घर फर्केका छन् । 

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए । 

यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् ।  

घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए । 

प्रदेशमा  निको हुनेको सङ्ख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना संक्रमितको उपचार भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ