arrow

दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
muglin--road.jpg.jpeg

चितवन । अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट  आउँदै  गरेको ना५ख ९१२२ नंको ट्रक एकापसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध  भएको थियो । 

अहिले सडक दुवैतर्फ सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ