arrow

होटलका कोठाहरुलाई क्वारेन्टिन बनाए सुरक्षित र पर्यटन उद्योग पनि संरक्षित हुने दिव्यमणीको सुझाव

मातृभूमिमा आउन चाहने नेपालीलाई सुरक्षित ढंगले ल्याउन कांग्रेस दिब्यमणीको माग 

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
dibyamani-rajbhandari.gif

काठमाडौं । भारतबाट नेपाल भित्रिन खोज्ने नेपालीहरुलाई पिसिआर प्रबिधिबाट कोरोना टेष्ट गराई सुरक्षित रुपमा गन्तव्य पुर्‍याउनु पर्ने सांसद दिब्यमणी राजभण्डारीले पुनः दोहोर्याएका छन्। प्रतिनिधिसभाको बैठक तथा बिभिन्न समितिहरुमा समेत पटक पटक ध्यानाकर्षण र खवरदारी, आम नागरिक तहको व्यापक दवाव पछि ढीला गरेर सरकारले बल्ल नेपाल भित्रिएका नेपालीहरुलाई पिसिआर प्रबिधिबाट परिक्षण गर्न थालेको उनले बताए । तर अझै पनि सीमाबाट प्रवेश गरेका हजारौं नागरिक विना परिक्षण भित्रिरहेको उल्लेख गर्दै उनीहरुको परिक्षण गर्न नसक्नु सरकारको लाचारी भएको बताए।  

विगतमा भारतबाट नेपाल भित्रिने नागरिकहरुलाई सिमानामा रोक्दा बिभिन्न नाकाबाट लुकेर नेपाल भित्रिएपछि अझ जोखिम बढेको उनको भनाई थियो। बिभिन्न देशबाट नेपाल भित्रिने नेपालीहरुलाई समेत मातृभूमिमा ल्याउन लाग्नुपर्नेमा उनको जो ड छ। उनले भने अवको दिनमा बिभिन्न देशहरुबाट नेपाल फर्किन चाहनेहरुका लागि फ्लाइटहरु खोल्नुपर्छ । फ्लाइट खोल्दा समस्याग्रस्त नेपाली एयरलाइन्स कम्पनीहरुलाई पहिलो प्राथमिकतामा राखेर बिदेशबाट फर्किन चाहने नेपालीहरुलाई ल्याउन दिनुपर्ने उनको सुझाव छ। आवश्यक सुरक्षात्मक उपायहरु अपनाएर नेपालीहरुलाई नेपाल भित्राउनुको बिकल्प नहुने उनको भनाई छ । 

नेपाल भित्रिएकाहरुलाई पिसिआर प्रबिधिबाट टेष्ट गर्ने तथा यहाँ उपलब्ध भएका दशहजार भन्दा बढी होटलका कोठाहरुलाई क्वारेन्टाइनरुपमा बिकास गर्न सरकारलाई सुझाव दिंदै आएको समेत उनले बताए । यसो गर्न सके सबैभन्दा बढी महामारीको चपेटामा परेको पर्यटक ब्यवसायलाई समेत केही न केही मदत पुग्ने सांसद राजभण्डारीको भनाई छ । पटकपटकको आग्रह र दवाव पछि सरकार पनि यसतर्फ जान खोजेको देखिएको उनले बताए ।
ट्राकिङ र ट्रेसिङ गर्दै कोरोना संक्रमितहरुको पहिचान र पिसिआर प्रबिधिबाट परिक्षण धेरै भन्दा धेरै गर्नुपर्नेमा उनको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ