arrow

तीन कोरोना संक्रमितलाई पठाइयो दाङ

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
covid-test-corona.jpg

रुकुम(पूर्व)का तीन कोरोना सङ्क्रमितलाई उपचारका लागि दाङ पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधबार गरिएको कोरोना परीक्षणमा तिनलाई संक्रमणको पुष्टि भएको थियो ।

उनीहरुलाई उपचारका लागि बेलझुण्डी पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले जानकारी दिनुभयो । होम क्वारेन्टिनमा बसेका एक र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन् । तेइस वर्षीय पुरुष गत चैत ६ गते मलेसियाबाट आएका हुन् भने अन्य दुई जना यसै महिना बाराबाट आएका हुन् । जिल्लाभरबाट ५७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ