arrow

अस्तव्यस्त क्वारेन्टाइन बारे जानकारी गराएकोमा जनप्रतिनिधि आक्रोशित, शौचालयको गन्धले वस्न नसकिने गुनासो

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
qurantine2.jpg

रुपन्देही । वाँकेको कोहलपुरमा निर्माण गरिएको एक क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयले जारी गरेको सामान्य मापदण्ड समेत अवलम्वन नगरेको र जसका कारण त्यहाँ वसेका मानिसहरुले सम्वन्धित नगरपालिकामा भन्दा सुनुवाई नभएपछि पत्रकारलाई जानकारी गराउँदा उल्टै उनी माथि जनप्रतिनिधिले आक्रोस पोखेको क्वारेन्टाइनमा वसेका एक व्यक्तिले वताएका छन् ।

कोहलपुर स्थित त्रिभुवन माध्यामिक बिद्यालयको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिले सामान्य  सुबिधा समेत नपाएको गुनासो गरेका छन् । बाँकेमा रहेका ८ वटा स्थानीय तहहरुले भारत बाट स्वदेश फर्केका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्दै आएका छन् । 

क्वारेन्टाइन व्यवस्थापनका लागि अन्य विभिन्न स्थानीय तहहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पुरा गरेका छन्, । कसैले फरक सुबिधा दिदै आएका छन्, भने कतिपय स्थानिय तहले क्वारेन्टाइनमा न्युनतम सुबिधा पनि नदिएको वारेमा सोधपुछ गर्दा कुनै सुनुवाई नगरेको र उक्त वारेमा (हाम्रा कुरा) लाई जानकारी गराउँदा उल्टो कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्षले पत्रकारलाई किन जानकारी गराएको भनी आक्रोस पोखेको वताईएको छ ।

हाल सो क्वारेन्टाइनमा १८ जना ब्यक्तिहरु बस्दै आएका छन् । बिगत चार दिन देखी क्वारेन्टाइनमा बस्दै आएका उनीहरुले गर्मी मौसममा पर्याप्त मात्रामा पंखा नभएको, शौचालयको ढोका नभएको र फोहोरका कारण गन्ध सहन वाध्य भएको, खानेपानी सुबिधा नभएको, खाना र नास्ता घरबाटै ल्याएर खाने गरेको जस्ता गुनासो पोखेका छन् । 

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आफुहरुको क्षमताले भ्याएसम्म क्वारेन्टाइन निर्माण गरी ब्यवस्थापन गरिएको दावी गर्छन् । उनका अनुसार कोहलपुर नगरपालिकामा १४ वटा क्वारेन्टाइनको वताउँदै, ‘हामीले प्रत्येक क्वारिन्टिनमा एउटा म्याट र झुलको ब्यवस्था गरिदिएका छौं,’ उनले भने ‘क्वारेन्टाइनमा वसेकाहरु स्थानिय बासिन्दा भएकाले घरबाट ल्याएको खाना खाने निर्णय गरेको वताए । 

तर क्वारेन्टाइनमा वसेकाहरुले भने जिल्लाका अन्य कतिपय स्थानीय तहले सरकारको नियम अनुसार बस्ने र खाने सुबिधा दिइरहेको जनाउँदै, घर परिवारका सदस्यले खाना ल्याउँदा छिमेकीहरुले मुख वारेको दुखेसो पोखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ