arrow

सिमेन्ट बोकेको ट्रकमा मदिरा

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
madira.png

अत्तरिया । प्रहरीले मदिरा बोकेको ट्रकलाई कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट  जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रक इलाका प्रहरी कार्यालय फल्टुडेले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।

सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको मूल्य रु एक लाख ८ हजार बराबरको  छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाइछिपाइ लगिरहेका अवस्थामा मदिरा बरामद गरिएको उनले जानकारी दिए । 

 व्यवसायी तेजबहादुर बोहरा र चालक खगेन्द्र साउदलाई पक्राउ गरिएको निरीक्षक विश्वकर्माले बताए। उनीहरुलाई आवश्य कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जनाइएको छ । प्रहरीले केही दिनअघि धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ट्रकसहित मदिरा बरामद गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ