arrow

६ दिनसम्म भोकै हिडेर मृत्यु भएका युवकमा देखिएन कोरोना

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
dead2.jpg

धनुषा । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते  बुधबार मृत्यु भएका युवकमा कोरोनाको संक्रमण नदेखिएको पाइएको छ । 

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ ।

चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का  ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो । 

उनका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै छ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो ।

 यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई रु एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ