arrow

कोरोना : भरियो आइसोलेशन, संक्रमितलाई राख्ने ठाँउ भएन

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
covid-test-positive-corona.jpg

सप्तरी । सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितलाई क्वारेन्टाइनमा नै राखिएको छ । 

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा संक्रमितलाई क्वारेन्टाइनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

 अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ श्यया भरिएको छ । संक्रमितको सङ्ख्या ३३ पुगिसकेकाले अन्य व्यवस्था नहुँदासम्म उनहरुलाई बसिरहेकै क्वारेन्टाइनमा अलग्गै राख्न लगाइएको उनले बताए । क्वारेन्टाइनमा राखिएका संक्रमितको अवस्था सामान्य रहेको उनले बताए ।

मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनामा बोदे बर्साइनका १२ जना तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एकजना थिए ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको परीक्षणअनुसार राजविराज–१० का नयाँ चारजना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिष्ठानले जानकारी दिएको यहाँका चार, मन्त्रालयले पुष्टि गरेका बोदे बर्साइनका तीन, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एकजनालाई गएराति यहाँस्थित आइसोलेशनमा ल्याइएको छ । यसअघि आइसोलेशनमा डाकनेश्वरीका तीन, बलान बिहुलका तीन, सुरुङ्गाका एक र बोदे बर्साइनका आठ गरी १५ जना रहेका छन् । 

आइसोलेशन वार्डका २४ श्यया नै भरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार कोरोना संक्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौजना क्वारेन्टाइनमै रहेका छन् । आइसोलेनशमा राख्नका लागि अस्पतालमा श्यया खाली नभएका कारण क्वारेन्टाइनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दासले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ