arrow

डा.गोबिन्द केसी कालापानी तर्फ

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
govinda-kc2.jpg

डडेल्धुरा। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोबिन्द केसी सिमा विवादको अध्ययन अवलोकन गर्न दार्चुलाको कालापानी तर्फ लागेका छन। लकडाउनका बेला दुई महिना बढी समय डडेल्धुरा अस्पतालमा रहि विरामीको उपचारमा बिताएका डा.केसी व्यासको दुम्लिंगबाट कालापानीको नजिकको गाउँ छांग्रु लागेका हुन। नेपाली भुमि जवरजस्ती मिचेर भारतले सडक बनाए पछि अन्तराष्ट्रिय चर्चामा रहेको कालापानी क्षेत्रमा शसस्त्र र सेनाका बिओपि खडा गरिएका बेला डा.केसी पनि त्यस तर्फ लागेका हुन।

डडेल्धुरा अस्पतालमा तिन महिना स्वास्थ्य सेवा गरेर बैतडी, बझांग हुदै एक साता अधि दार्चुलाको गोकुलेश्वर पुगेका केसी सुदूरका पहाडी जिल्लाका विभिन्न गाउँ वस्तिमा पुगि स्थानीयको उपचारमा खटिएका छन।

व्यास गाउँपालिकाको सुनसेरामा संचालित दुई दिने शिविरमा चार दिन अधि डेढ सयको उपचार गरेका केसीले बुधबार अन्य वस्तिमा पुगी उपचार गर्द हिडेका थिए। सुनसेरा भन्दा १२ किलोमिटर टाँढा उत्तर तर्फको दुम्लिंगमा पनि पुगेर उनले स्थानियको उपचार गरेका थिए। व्यास गाउँपालिकाले औषधीको व्यवस्था गरे पछि डा.केसी स्थानीयको उपचार गर्न त्यहाँ पुगेको गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए।

साथै डा. केसीले आफ्ना विभिन्न मागहरु बारे तिन दिन अघि गाउँपालिकामा प्रेस विज्ञिप्ति समेत छोडेको अध्यक्ष बुढाथोकीले बताए। आफ्ना माग राख्दै उनले दुई दिन अन्तराष्ट्रिय सिमा गाउमा १८औँ पटक सत्याग्रह गर्ने संकेत समेत दिएको उनले बताए। डा.केसीले स्वास्थ्य क्षेत्रमा रहेको बेथिती बिरुद्ध सुधार र अवसरलाई प्रमुख मुद्दा बनाई सत्याग्रह बस्दै आएका छन।

भारतले निकालेको नँया नक्सामा नेपालको पश्चिमी सिमा क्षेत्रको लिम्पियाधुरा सम्मको भुभाग समेटिएको समाचार आएकाले अरु नेपाली नागरिक जस्तै म पनि स्तब्ध छु। सिमा रक्षा राष्ट्रियताको पहिलो शर्त भएकाले तत्काल लाई अनसन स्थगित गरेको उनले बताएका थिए।

सरकारले आफु संग गरेका यस अघिका सम्झौता कार्यान्वयन गर्नु पर्ने, डडेल्धुरा वा डोटीमा मेडिकल कलेज स्थापनाका लागी सरकारले निर्णय गर्नु पर्ने, समायोजनका कारण डडेल्धुरा अस्पताल लगायत देशैभरका अस्पतालहरुमा दरबन्दि अनुसारका पद रिक्त रहेकाले पुर्ती गर्नु पर्ने लगायत सात बुदे माग राख्दै १७ औ सत्याग्रह डडेल्धुरा बाट थालेका उनले नेपाली भुभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीका भारतले आफ्नो नक्सामा समावेस गरी नक्सा जारी गरे पछि राष्ट्रियताको सवाल भएको बताउँदै गत कात्र्तिक २६ गते २०७६ का दिन एकाएक आमरण अनसन स्थगित गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ