arrow

एकैदिन १८९ जनामा सङ्क्रमण, सङ्क्रमित एक हजार ४०१ पुगे

logo
रासस,
प्रकाशित २०७७ जेठ १७ शनिबार
corona-nepal-health.jpg

काठमाडौं। कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १८९ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८९ जनामा सङ्क्रमण देखिएको बताए। ती सङ्क्रमितमध्ये पुरुष १८५ र महिला चार रहेका छन्।

आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै हो। शुक्रबार पनि १७० जनामा सङ्क्रमण देखिएको थियो। आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ४०१ जनामा सङ्क्रमण देखिएको छ। नयाँ सङ्क्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जनामा संक्रमण देखिएको छ। धनुषाका सात जना २० वर्षदेखि ४४ वर्षका रहेका छन्। झापाका ४५ वर्र्षीय एक पुरुष र कपिलवस्तुका १६ वर्षदेखि ६० वर्षका ७७ जनामा सङ्क्रमण देखिएको छ।

ललितपुरका एक २३ वर्षीया महिला छिन्। महोत्तरीका चार २५ देखि ५५ वर्षका पुरुष रहेका छन्। रौतहटका छ जना १८ वर्षदेखि ४५ वर्षका पुरुष रहेका छन्। सर्लाहीका १७ जना १६ वर्षदेखि ४० वर्षका पुरुष र सिराहाका ११ जना १७ वर्षदेखि ४० वर्षका पुरुष रहेका छन्।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण देखिएको छ। कपिलवस्तु यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन्। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ। सप्तरीका १८ देखि २८ वर्षका एक महिलासहित रहेका छन्।

यस्तै दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ। ती कपिलवस्तु विजयनगरका तीन जना २६ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन्। दाङ हापुरेका एक जना ३० वर्षीय पुरुष रहेका छन्। बङ्गलाचुली दाङकै चार जनामा २७ देखि ३८ वर्षका तीन पुरुष र एक २८ वर्षीया महिला छन्।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ। बारा हर्दियाका एक २४ वर्षीय पुरुष, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको छ। ती सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन्।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको छ। सङ्खुवासभा खाँदबारीका २३ वर्षीय पुरुष र सङ्खुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुष रहेका छन्। सङ्क्रमितमध्ये एक हजार २८८ पुरुष र ११३ जना महिला रहेका छन्। आज सङ्खुवासभामा देखिएसँगै सङ्क्रमित जिल्ला ५३ पुगेका उनले जानकारी दिए।

१३ जना डिस्चार्ज

यस्तै आज १३ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म २१९ जना निको भएर घर फर्किएका छन्। अहिलेसम्म पिसिआर ६६ हजार ७२ जना र एक लाख सात हजार ५५ जनाको आरडिटी परीक्षण गरिएको छ। सङ्क्रमति बढेसँगै विभिन्न ठाउँमा परीक्षणको दायरा बढाउनका लागि किट पठाइएको छ। मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आजै ७७ हजार चार ४०० आरडिटी र छ हजार थान भिटिएम पठाइएको छ।

प्रदेश नंं १ मा चार हजार २००, प्रदेश नंं २ मा १२ हजार २००, प्रदेश नंं ५ मा २५ हजार, कर्णाली प्रदेशमा १२ हजार र सुदूरपश्चिम प्रदेशमा २४ हजार आरडिटी किट पठाइएको छ। यस्तै विभिन्न प्रदेशमा भिटिएम पठाइएको छ। प्रदेश नं २ मा एक हजार थान, प्रदेश नं ५ मा दुई हजार, कर्णाली प्रदेशमा एक हजार र सुदूरपश्चिम प्रदेशमा दुई हजार थान पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ