arrow

५ जनाको ज्यान लिने सोती हत्याकाण्डको विरोधमा माइतीघरमा प्रदर्शन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १७ शनिबार
rukum-masscare-ktm-protest.gif

काठमाडौं। रुकुमको चौरजहारी हत्याकाण्डको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। कांग्रेस पाठशालाको आयोजनामा नेविसंघ, नेपाल जलित संघ, दलित बिद्यार्थी संघ र कांग्रेसका नेताहरुको सहभागीता रहेको थियो। 

प्रदर्शनका सहभागीहरुले सोती घटनाको तत्काल छानविन गर्न संसदीय समितिको गठन गर्न माग गरेका थिए। उनीहरुले दोषीलाई उम्काउने सरकारी प्रयास भइरहेको जनाउँदै दोषीलाई कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा कार्वाहीको माग गरेका थिए। उनीहरुले मानवता विरोधी अपराधमा संलग्नलाई कार्वाहीको माग गरेका थिए।

प्रदर्शनमा सम्बोधन गर्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले सोती घटना अत्यन्तै क्रुर, अमानविय र जघन्य भएको बताए ।

त्यसैगरि नेबिसंघका अर्का महामन्त्री युबराज पाण्डेले रुकुम सोती हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरे ।

गत शनिबार प्रेमिका लिन १८ जना साथीका साथ गएका जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोती गाउँका गाउँलेहरुले आक्रमण गरेका थिए । गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

प्रदर्शनमा कांग्रेस नेताहरु कृष्ण रिजाल, प्रताप पौडेल, जिमी लामा, दलित संघका नेता मन्जीत ताम्राकार,नेबिसंघका पूर्ब केन्द्रिय सदस्य रत्नहरी ढुंगेल, नेताहरु निमा गिरी, दलित बिद्यार्थी संघका राजु सुनार, नारायण हमाल, तपेन खड्का, दिपक ओझा लगाएत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ