arrow

कालिमाटीका २ सय प्रहरीको पीसीआर रिपोर्ट नेगेटीभ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १८ आइतबार
nepal-police-logo.png

काठमाडौं। कालिमाटी प्रहरी बृत र मातहतका सबै प्रहरी कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

जेठ ७ गते महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृत अन्तर्गत रहेका करिव २ सय प्रहरीको पीसीआर गरिएको थियो।  

सहकर्मी २ प्रहरी कोरोना पोजेटीभ भएको ११ दिनपछि कालिमाटी वृत्त अन्तर्गतका प्रहरीको पीसीआर रिपोर्ट आएको हो। 

वृतमा कार्यरत एक सई र जवानमा कोरोना परिक्षणमा पोजेटीभ देखिएपछि उनीहरुलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगेर महानगरीय प्रहरी वृत्त कालिमाटी अन्तर्गतका सबै प्रहरीलाई क्वारेन्टीनमा राखिएको थियो। 

प्रहरी नायव उपरिक्षक रुगम कुँवरले दुई प्रहरीमा कोरोना देखिएपछि आफ्नो कार्यक्षेत्र जान रोकिएका करिब दुई सय प्रहरी अब आफ्नो काममा फर्कन सक्ने बताए। 

कालिमाटीमा महिला सेल र ट्राफिकको पनि कार्यालय छ। सबैको काम अब रोकिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ