कोरोनाबाट बाजुरामा बालिकाको मृत्यु, आमा पनि कोरोना पोजेटीभ
दयाराम पण्डित,
प्रकाशित २०७७ जेठ १८ आइतबार
569
Shares
बाजुरा। बाजुरा जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको कोरोनाबाट मृत्यु भएको छ। बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो। उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो ।
आईतवार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको एक श्रोतले जनाएको छ ।
मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।
मृतक बालिकाको बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक वालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी बालिका पखाला, ज्वरो, श्वासप्रश्वास समस्याबाट ग्रसित थिए । बच्चाको उपचार त गरिरहेपनि बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताउका छन् । यद्यपी स्वास्थ्य निर्देशनालयले औपचारीक जानकारी भने अपरान्ह चार बजे पछि गर्ने बताएको छ।
पछिल्लो समयमा बाजुरामा दैनिक पाँच देखि १० गाडी मानिस भारतवाट भित्रिरहेका छन् । जिल्लाका स्वास्थ्य संस्था लगायत ९० वटा सामुदायिक बिद्यालयका क्वारेन्टाइनमा भरिभराउ छन्। भारत तथा देशका विभिन्न भागबाट जिल्ला भित्रिएसंगै क्वारेन्टाइन ब्यबस्थापन गर्न अप्ठेरो हुँदैगएको स्थानीय अधिकारीहरुले बताएका छ्न् ।