arrow

कोरोनाबाट बाजुरामा बालिकाको मृत्यु, आमा पनि कोरोना पोजेटीभ   

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ जेठ १८ आइतबार
bajura-children-death.gif

बाजुरा। बाजुरा जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको कोरोनाबाट मृत्यु भएको छ। बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो। उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो ।

आईतवार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको एक श्रोतले जनाएको छ ।

मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

मृतक बालिकाको बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक वालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी बालिका पखाला, ज्वरो, श्वासप्रश्वास समस्याबाट ग्रसित थिए । बच्चाको उपचार त गरिरहेपनि बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताउका छन् । यद्यपी स्वास्थ्य निर्देशनालयले औपचारीक जानकारी भने अपरान्ह चार बजे पछि गर्ने बताएको छ।

पछिल्लो समयमा बाजुरामा दैनिक पाँच देखि १० गाडी मानिस भारतवाट भित्रिरहेका छन् । जिल्लाका स्वास्थ्य संस्था लगायत ९० वटा सामुदायिक बिद्यालयका क्वारेन्टाइनमा भरिभराउ छन्। भारत तथा देशका विभिन्न भागबाट जिल्ला भित्रिएसंगै क्वारेन्टाइन ब्यबस्थापन गर्न अप्ठेरो हुँदैगएको स्थानीय अधिकारीहरुले बताएका छ्न् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ