arrow

सुत्केरी भएको दुई दिनपछि २९ वर्षीया नारुको मृत्यु, छानबिन गरिदै

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
woman-dead-body.jpg

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् ।

 मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

 नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ