arrow

उपचारका क्रममा चौधरीको निधन, देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

चौधरीको आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ वर्षको उमरेमा निधन भएको थियो ।

सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले दुःखित बनाएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

 सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ