arrow

देवदह हत्या प्रकरणमा छानबिन गर्न निर्देशन

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
dead2.jpg

रुकुम । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
 
नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

  मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा भएका मृत्युका सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै देवदह घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी गराए।  

तत्कालीन संविधानसभा सदस्य विनोद पहाडीले बन्दाबन्दीका समयमा मात्रै ३२  जातीय छुवाछुतका घटना भएकाले यस्तो  कामको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ