arrow

धनुषाका नगर सभापतिद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ जेठ १८ आइतबार
dhanusanagar.jpg

धनुषा । नेपाली काँग्रेस धनुषाका नगर सभापति मनोज साहले नेपाल प्रेस युनियन धनुषालाई आइतबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। आइतबार जनकपुरधाम उपमहानगरपालिका नगर सभापति मनोज साहको पहलमा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता बजरंग प्रसाद साहले सो स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन। 

नगर सभापति साह र पूर्व मेयर साहले संयुक्त रुपमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहलाई सर्जिकल मास्क, सेनिटाइजर तथा ग्लोब्स हतान्तरण गरेका हुन् ।

कार्यक्रममा पूर्व मेयर बजंग प्रसाद साहले कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनको कडाईका साथ पालना गर्नुपर्ने बताए । पुर्व मेयर साहले हालसम्म कोरोना भाईरस नियन्त्रण गर्न कुनै पनि औषधी बन्न नसकेकोले घरमै बसी सुरक्षित रहनुको विकल्प नभएको बताए ।
  
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरसभापति साहले भने,कोरोना जस्ता अदृश्य रोग फैलिरहेको अवस्थामा पनि पत्रकारहरु समाजलाई सजग र सचेत गराईको हो । उनीहरु धन्यवादका पात्र छन । यो सामाग्री खासै नभएपनि पहिलो प्रयास रहेको सभापति साहले बताए । 

नेपाल सरकारको बजेटमाथि टिप्पणी गर्दै सभापति साहले भने, ‘वर्तमान सरकार गैर जिम्मेवार छ। विश्व कोरोना भाइरसबाट हैरान छ । तर हाम्रो सरकारको बजेट हेर्ने हो भन्ने स्वस्थ्य र कृषिमा आधारित रहेका छैन ।’

अर्को तर्कमा नगर सभापति साहले भने ‘निर्माण लगायतको बजेट कटौती गरी कोरोनामा लगाउनु उचित हुन थियो। वर्तमान बजेट व्यापारी मुखी, गरिबीमुखी, किसान मुखी हुनुपर्छ साहको भनाइ थियो ।  साहले फेरि थपे, बैंक ब्याज ,‘बिजुली बिल, खानेपानी, भुमीकर, र व्यापारीहरुको घरभाडा राज्यले तिर्नुपर्छ ।’

कार्यक्रममा पूर्व मेयर बजंग प्रसाद साहले भने कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनको कडाईका साथ पालना गर्नुपर्ने बताए । पुर्व मेयर साहले भने हालसम्म कोरोना भाईरस नियन्त्रण गर्न कुनै पनि औषधी बन्न नसकेकोले घरमै बसी सुरक्षित रहनुको विकल्प नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ