arrow

संक्रमित ३० वर्षीय पुरुषमा डेंङ्गु फेला

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
dengue--ji-ha.jpeg

तुलसीपुर । दाङका एक कोरोना संक्रमितमा डेङ्गु रोग भेटिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि  परीक्षण गर्दा  डेङ्गु भेटिएको जनाइएको छ ।

  चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ । 

 यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ