arrow

सिटी एक्सप्रेस र गोवापेबीच रेमिटान्स कारोबार शुरु

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
city-exress-guavapay.jpg

काठमाडौं। युकेको रेमिटान्स कम्पनी गोवापे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरु गर्न सम्झौता भएको छ। युके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्ग स्थित उपभोक्ताहरुले गोवापेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै नेपालमा पैसा पठाउन सक्ने बताइएको छ।

यसरी बिदेशबाट पठाएको रकम नेपालमा सिटी एक्सप्रेससंग आबद्ध करिव ७५ सय भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने समेत बताइएको छ। त्यसैगरी कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न समेत सकिने सिटी एक्सप्रेसले जनाएको छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गोवापेक लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी अर्खान नासिबोभले हस्ताक्षर गरे।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिभिन्न देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ