arrow

संक्रमित घर गएपछि अस्पताल खाली

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
corona-test-nepalgunj.gif

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित सोमबार घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

 डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन , भारतिय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।

 कोभिड–१९ को संक्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । संक्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् । 

संक्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । संक्रमणबाट निको भई घर फिर्ता हुन लागेका बिरामीले पनि शुरुमा कोभिड–१९ संक्रमण भएभन्दा डर बढी लागे पनि शरीरमा कुनै समस्या नआउँदा सामान्य रुपमा लिइएको बताएका छन् । 

उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर नाचगानसमेत गरेका थिए । उनीहरुलाई मन्त्री बराल र प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बिदाइ गरेका थिए । संक्रमित बिदाइसँगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ