नवलपरासी पश्चिममा फेरि थपिए कोरोना संक्रमित, सुस्तामा ४ जनाको आरडिटी पोजेटिभ
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ १९ सोमबार
829
Shares
नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणका क्रममा २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिएका छन ।
जेठ १३ गते सरावलको महेन्द्र मावि गडौरीमा रहेका ती पुरुषको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो । संक्रमित व्यक्ति भारतबाट यहि जेठ ४ गते आएको खुलेको छ । संक्रमित व्यक्तिलाई अहिले छुट्टै राखिएको र थप कन्ट्रयाक ट्रेसिङ्ग गरि कोहि सम्पर्कमा आएको भए उनीहरुको स्वाब संकलन गरिने प्रमुख ढकालले बताए।
सरावलमा यस अघि आरडिटि पोजेटिभ आएका दुई जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ पठाईएको छ, उनिहरुको रिपोर्ट आउन बाँकि नै छ । सरावलमा पहिलो पटक संक्रमित भेटिएका हो ।
यससंगै नवलपरासी पश्चिममा संक्रमितको सङख्या ६ पुगेको छ । यस अघि सुस्तामा २, प्रतापपुरमा १ र रामग्राममा ३ जना कोरोना संक्रमित भेटिएका थिए । आज प्रतापपुर र सुस्ताका कोरोना संक्रमितहरुलाई भैरहवा भिम अस्पतालबाट डिस्चार्ज हुने भएका छन ।
उनिहरु पिसिआर परिक्षणबाट पोजिटिभ देखिएपछि भिम अस्पतालको आइसोलेसनमा राखिएको थियोे । उनिहरु भारतबाट आएका थिए । आज नै सुस्ता गाउँपालिकाको वडा नं ५ बेलवानीमा रहेका क्वारेन्टाइनका २५ जनाको आरडिटी परिक्षण गर्दा ४ जना पोजिटिभ देखिएको सुस्ता गापा कि स्वास्थ्य प्रमुख निर्मला कुशवाहाले बताए ।