arrow

लुकीछिपी चन्द्रागिरि पुग्नेको परीक्षण र क्वारेन्टाइनमा राखिने, खर्च आफ्नै

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
corona-test-nepalgunj.gif

काठमाडौं । लुकीछिपी चन्द्रागिरिमा आउने व्यक्तिको परीक्षण र क्वारेन्टाइनमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने निर्णय चन्द्रागिरि नगरपालिकाले गरेको छ ।

मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले । अत्यावश्यक कामबाहेक लुकीछिपी चन्द्रागिरिमा आउने व्यक्तिको आरडिटी, पिसीआर परीक्षण र क्वारेन्टाइनमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने निर्णय भएको नगरप्रमुख घनश्याम गिरीले बताए । काठमाडौँ उपत्यकाको प्रमुखद्वारका रूपमा रहेको चन्द्रागिरि नाकामा कडाइका साथ जाँच गरिने भएको छ ।

 चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
 
नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिए । “औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ