arrow

प्रेस युनियनको सिफारिसमा नोबल मेडिकल कलेजमा पत्रकारको उपचारमा ५० प्रतिसत छुट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २१ बुधबार
press-union-sunsari.gif

इटहरी। सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ ।

नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउनेछन् ।

‘जुनसुकै रोगको उपचार गराउनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’

एक संक्षिप्त कार्यक्रममा पत्रकारको उपचारको सहमतिपत्रमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौं भनेर उक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए ।

बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि नविकरण हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ